समाचार

लामो तथा छोटो दुरीका यातायात १० दिन सम्म बन्द हुने !

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्न निर्णय गरिएको छ।नगरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि मंसिर २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।

कोरोना भाइरसका नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button