समाचार
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।