समाचार

कसरी ह्वात्तै घ’ट्यो फेवातालको पानी ?

पोखरा । पोखरा फेवाताल हेर्न आएका पर्यटकहरु शनिबार पानी बिनाको ताल अघि उभिएर छ’क्क परे। तालमा पानीको मात्रा एकदमै कम थियो र पानी सुकेका कारण टाढासम्म हिलो माटोको लेदो मात्रै बाँकी थियो ।पानी सुकेको हो कि सुकाइएको हो उनीहरुले भेउ नै पाएनन् । यद्यपि पानी सुकेर तालको बीच भागसम्म पुगेको जमिनबाटै भएपनि पर्यटकहरु बाराही मन्दिर गइरहेका थिए ।

सु’केको फेवातालमा माछा मा’र्नेको ठूलो समूह पनि थियो । कोही हिलाम्मे तालमै सेल्फी खिचिरहेका थिए । तर ताल भने आफैं सुकेको होइन, सु’काइएको हो । बाँध मर्मतको लागि फेवा तालको पानी घटाइएको हो । फेवाताल संरक्षण कै लागि बनाइएको बाँध जीर्ण अवस्थामा रहेपछि बाध निर्माणको लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिएका छन् ।

गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो । कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मेन्टेनसन गरेपश्चात् तालमा पानीको सतह पुनः पहिलेको लेभलमा आउने छ । आचार्यका अनुसार तालमा पानीको मात्रा करिब १ महिनासम्म यही रुपमा हुनेछ ।

मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ। फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले फेवातालको पानीको मात्रा बाँध तथा नहर मर्मतका लागिमात्रै घटाइएकाले सीमांकनमा कुनै असर नपर्ने बताए ।

Related Articles

Back to top button