बिस्व समाचार

डोनाल्ड ट्रम्पलाई दोहोरो झट्का पूरा पढ्नुहोस्

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाबी हारलाई अब अमेरिकाका अदालतले पनि प्रमाणीकरण गर्न थालेका छन् । पेन्सलभेनिया र जर्जियाका अदालतहरुका फैसलाले ट्रम्पको पक्षबाट लगाइएका धाँधलीका आरोपमा दम नभएको प्रस्ट पारेका छन् । पेन्सलभेनियाको एक अदालतले मेल इन ब्यालेट्सलाई रद्द नगर्ने वप्रस्ट पारेको छ । जर्जियामा पनि अदालतले दोस्रो पटक पुनः मतगणनाको माग गर्दै गरिएको अपिल खारेज गरिदिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एबीसी न्यूजका अनुसार पेन्सलभेनियाको अदालतले भनेको छ ‘ट्रम्पको अभियानले केवल आरोप लगाएको छ । यसको समर्थनमा कुनै ठोस प्रमाण दिएको छैन । त्यसैले उनको अपिलमाथि विचार गर्ने कुनै आधार छैन । चुनाब प्रक्रिया सही छ ।’पेन्सलभेनियामा मेल इन ब्यालेट्सलाई रद्द गर्ने मागमा संघीय अदालतका न्यायाधीश म्याथ्यु ब्रानले भने ‘यो अदालतले संवैधानिक नियमलाई तोड्न सक्दैन । हामीले हजारौं मतपत्रलाई कसरी रद्द गर्न सक्छौं ?’ डेमोक्रेटिक पार्टीका उम्मेदवार र निर्वाचित राष्ट्रपति जो बाइडेनले यो राज्यमा ८१ हजार भोटले जीत हात पारेका छन् । ट्रम्पको पक्षले भने मेल इन ब्यालेट्समा धाँधली भएको आरोप लगाइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

जर्जियामा एक पटक पुनः मतगणना भइसकेको छ । पुनः मतगणनाबाट यहाँ बाइडेनले नै जितेको र मतगणना सही तरिकाले भएको प्रस्ट भएको छ । ट्रम्पको पक्षले फेरि मतगणनाको माग गरिरहेको छ । अदालत र निर्वाचन आयोगले यसलाई खारेज गरिसकेका छन् । सीएनएनका अनुसार ट्रम्प र उनको टिमले कानुनी दाउपेचबाट केवल रिस पोखिरहेको छ किनकि अब कुनै शंका बाँकी छैन कि ट्रम्पले चुनाब हारिसकेका छन् र २० जनवरीमा जो बाइडेनले राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।

ट्रम्प अब के चाहन्छन् ? यसको जवाफ सम्भवतः ट्रम्पबाहेक अरुसँग छैन । आइतबार पेन्सलभेनियाका सिनेटर प्याट टुमीले भने ‘राष्ट्रपतिले आफ्ना सबै कानुनी अधिकारको प्रयोग गरिसकेका छन् । अब प्रस्ट भइसकेको छ कि उनले चुनाब हारिसकेका छन् । २०२० को चुनाब जो बाइडेनको नाममा छ र उनलाई मनदेखि बधाइ दिन्छु । ट्रम्पका लागि पनि यही सही हुनेछ कि उनी मर्यादाको सम्मान गरुन् । हार मानुन् किनकि यो जनताको फैसला हो । देशको हितमा यो जरुरी छ ।’

तर, टुमीको यो कुराले ट्रम्प झनै भड्किए । उनको सल्लाह मान्नुको सट्टा ट्रम्पले टुमीमाथि नै रिस पोखे । ट्रम्पले भने ‘टुमी अब मेरा मित्र रहेनन् । उनको भाषाले धेरै कुरा प्रस्ट पारिरहेको छ । हामी यो फैसलाविरुद्ध अपिल गर्नेछौं ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button