भिडियो

धुर्मुसलाई भेट्न ४० बढी कलाकार एउटै जहाज चढेर भरतपुर रंगशाला पुगे, पन्चेबाजाले स्वागत गरियो(भिडियो)

उक्त भिडियो समाचारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:-सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवदेन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

‘अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, मे-जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ उनले राजधानीसँग भने ।को’रोनाका कारण १० महिना नयाँ लाइसेन्स प्रक्रिया सबै बन्द हुँदा अब भने लाइसेन्स प्रक्रियामा सहभागी हुन सर्वसाधारणले लामो समय कुर्नुपर्ने भएको हो ।

यातायात कार्यालयले देशैभर करिब ७-८ लाख जनाले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने अनुमान गरेका छन् । हाल विभाग संघ अर्थात् केन्द्र सरकार मातहत रहेको छ भने यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत रहेका छन् ।
लाइसेन्सका लागि परीक्षा तथा ट्रायललगायतका काम यातायात कार्यालयहरूले गर्ने गरेका छन् । विभागको जिम्मामा लाइसेन्स खुला गर्ने तथा छाप्नेलगायत काम छन् ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ । लाइसेन्स प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुने गरेको छ । लाइसेन्सका लागि आवेदन खुला भएसँगै यातायात कार्यालयमा भीडभाड बढेको छ । काठमाडौं, बुटवल, वीरगन्जलगायतका प्रमुख सहरमा अत्यधिक भीड बढेको छ ।

विभागले गत १४ पुसदेखि लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको थियो । पछिल्लो पटक लाइसेन्सका लागि भरिने अनलाइन फारामको कोटा प्रणाली हटाइएको छ ।

धुर्मुसलाई भेट्न ४० बढी कलाकार एउटै जहाज चढेर भरतपुर रंगशाला पुगे, पन्चेबाजाले स्वागत गरियो(भिडियो)

Related Articles

Back to top button