भिडियो

फेरि मिलन, सिन्दुर हालेर यसरी भित्र्याए राहुुलले स्मितालाई Live (भिडियो हेर्नुहोस्)

राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।

तनहुँ जिल्ला पालुंगटार गाउँपालिकाका वडा अध्यक्ष शम्भूप्रसाद पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगाइदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए ।

यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् ।

राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी झन्डै अलग भएको थियो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । भिडियो

Related Articles

Back to top button