भिडियो

सम्बन्ध विच्छेद भैसकेपछि पनि अन्तिममा यसरि भएको रहेछ पुनर्मिलन : राहुलले पुनः सिन्दुर लगाईदिएपछि श्रीमती स्मिताले भावुक हुँदै यसो भनिन् (भिडियो सहित)

नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ । आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अनैतिक सम्बन्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुुलाई नै छाडेर अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन् ।

राहूलले स्मितासंग पुनर विबाह गरेको खबरले सोशल मिडियामा उनका प्रशंसहरुले उनी र उनको नयाँ सम्बन्धलाई लिएर धेरै शुभकामनाहरु दिई रहेका छन् । राहूलल र स्मिताको यही आइतबार नै सम्बन्ध विच्छेद भई सकेको थियो । तर सम्बन्ध विच्छेद भई सक्दापनि उनीहरु एकअर्का बिना बस्न नसक्ने भएपछि फेरी एकले अर्कालाई सम्मान गर्दै अब कहिल्यै नछुट्ने बाचा गरेर पुनहः एकअर्काको भएका छन् । सम्बन्ध विच्छेदपछि विबाह गरेको हुनाले राहूल र स्मिति विबाह दर्ता गराउन वडा कार्यालय गएका छन् ।

उनीहरुले गोर्खाको पालुंटार नगरपालिकाको वडा नं. ९ मा रहेको वडा कार्यालयमा गएर आफ्नो विबाह दर्ता गराएका हुन् । राहूलको निणर्य र उनले श्रीमतीलाई गरेको माया र सम्मानकोलागी वडाका अध्यक्ष भेसराज पाण्डेले समेत राहूलको प्रशंसा गरे । उनले राहूल र स्मितालाई पुराना सबै कुरा बिर्सिएर अबको जिन्दगी माया, प्रेम र सम्मानमा जीउनु भन्दै छोरीको भविष्यको बारेमा पनि दुवैले सोचेर अघि बढ्ने सुझाव दिए ।

भनिन्छ साँचो मायाको सामन्ने ईश्वरलाई झुक्नु पर्छ भने मान्छे त तिनै इश्वरद्धारा बनाइएका न हुन् । राहुलको रुप देखेर उनीसंग बिहे गर्न चाहानेहरुको लर्को पनि सोशल मिडियामा नलागेको होइन । राहूलसंग बिहे गर्न चाहेकाहरुले स्मीता र राहूल एक नभईदिए हुन्थ्यो भनेर सायदै कामना गरेका थिए पनि होलान् । तर जोडी मानिसले नभई माथिबाटै बन्छ भन्ने कुरा राहूल र स्मीताको पुर्नमिलन देखेर थाहा हुन्छ ।

यो पुनरमिलन गराउनमा राहूलको मात्र हात नभई दुवै पक्षका परिवारको पनि उत्तिकै सकारात्मक भूमिका रहेको छ । राहूलकी आमाले त नातिनी युरिकाकोलागी भएपनि आफु निकै नै खुशी भएको बताएकी छन् । स्मीताले पनि आफ्नै सबै गल्तीहरु स्वीकार गरेकी छन् भने सबैका हिरो बनेका राहूलले पनि आफुले १४ वर्षमा बिहे गरि ल्याएको श्रीमती स्मीताका सबै गल्तीहरुमा माफि दिएका छन् । यतिबेला उनी आफ्नै पुर्खेउली घर गार्खामा पारिवारिक भेटघाटकालागी जाँदैछन् । भिडियोसहित

Related Articles

Back to top button