समाचार

नारायणहिटी अगाडिको आमसभा गर्नुको यस्तो रहेछ रहस्य, गृहमन्त्री थापाले गरे खुलासा

गृहमन्त्री रामबहादुर थापा बादलले नारायणहिटी राजदरवार अगाडि आमसभा हुनुको कारण खोलेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन ल्याउन चाहेको हल्ला मात्र भएको बताए ।

गृहमन्त्री थापाले भने, यहाँ आमसभा गर्नुको कारण गणतन्त्र मजबुद बनाउनु हो, पछाडि फर्कनु होइन । उनले बारम्बार प्रचण्ड माधव नेपाल समुहको आलोचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली समुहले आयोजना गरेको नारायणहिटी दरवार अगाडिको जनसभामा बोल्दै गृहमन्त्री थापाले यस्तो खुलासा गरेका हुन् । उक्त कार्यक्रममा बेलुन उडाएर सुरुवात गरीएको थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले यो जनमत अवसरबादको बिरोध गर्न जम्मा भएको बताए । बक्ताहरुले प्रधानमन्त्री ओलीको गुनगान र पार्टीबाट गएका भनिएका हरुको बिरोध गरेका थिए ।

Related Articles

Back to top button