भिडियो

…. त्यसपछि राहुल रुँदै रुँदै पल्टन फर्किए (भिडियो हेर्नुहोस्)

सबै घटना भएपछि अहिले भारतीय सेनामा रहेका राहुल गुरुंग पल्टन फर्किएका छन् । उनको जीवनमा पछिल्लो केही महिना भित्र नसोचेको घटना भयो । परिवार अलग अलग भयो । दुख पनि पाए ।

सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर छ । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले भूपू भै सकेकी श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिने भनेका छन् । फेरी उनले भनेका छन् की राहुल भारतीय सेनाको पल्टनमा हुँदा राहुनको घरमा आउन र बस्न सक्छिन् ।

राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागेर अलग हुन लागेको बताए । स्मिताले पनि राहुलको र छोरीको माया लागेपनि समाजका कारण अलग हुनु नै ठिक भएको बताएकी छिन् ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् ।

Related Articles

Back to top button