समाचार

छोरी जन्माएको १ घण्टामै आमाको मृत्यु, परिवारसँग शिशुका लागि दूध किन्ने पैसा समेत छैन

मार्तडी । बाजुराको बुढीनन्दा नगरपालिका–४ की २३ वर्षीय अम्बकला रोकायाले पहिलो सन्तानका रुपमा छोरी पाइन् । तर, प्रसुती हुँदा भएको अत्यधिक रक्तश्रावका कारण छोरी जन्माएको १ घण्टामै अम्बकलाको मृत्यु भयो ।

असोज २२ गतेको राति जन्मिएकी अबोध शिशु जीवित त छिन्, तर कमजोर आर्थिक अवस्थाका कारण परिवारका सदस्यले उनका लागि दूधको जोहो समेत गर्न सकेका छैनन्,

स्थानीय धनसिंह रोकायाका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएका कारण नवजात शिशुका लागि दूधको व्यवस्था गर्न समस्या छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अम्बकलाका श्रीमान दल बोहोरा अहिले गाउँलेसँग गाई र भैंसीको दूध मागेर खुवाइरहेको बताउँछन् । तर, कहिले गाईको र कहिले भैंसीको दूध खुवाइने गरिएका कारण नवजात शिशुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

‘गाउँलेसँग कहिले गाई त कहिले भैंसीको दूध मागेर खुवाइरहेका छौं । अहिलेसम्म जेनतेन बाँचेकी छ,’ अम्बकलाका श्रीमान् दल भन्छन्, ‘न भैंसी किन्नलाई पैसा छ, न त ल्याक्टोजिन दूध किन्नलाई नै ।’

बच्चा जन्मेदेखी ६ महिना आमकै दूध खुवाउनु राम्रो मानिन्छ । आमाको मृत्यु भइसकेका कारण आफन्तहरुले गाई र भैंसीका दूध खुवाउन थालेका छन् । तर, गाई र भैंसीको दूधमा हुने चिल्लो (फ्याट), प्रोटिन र क्याल्सियमको मात्रा नमिल्दा बच्चाले प्राप्त गर्नुपर्ने पोषणको सन्तुलन बिग्रिने गरेको चिकित्सकहरु बताउँछन् ।

नवजात शिशुलाई आवश्यक पर्ने पोषणको मात्रा मिलाइएको हुनाले केही हदसम्म शिशुलाई ल्याक्टोजिन दूध खुवाउन मिल्ने चिकित्सकहरु बताउँछन् । तर, अम्बकलाका परिवारको कमजोर आर्थिक अवस्थाका कारण ल्याक्टोजिन किनेर खुवाउन नसकिएको बुढीनन्दा नगरपालिका–४ का वडाध्यक्ष राजन रोकायाले बताए ।

‘एक पाकेट ल्याक्टोजिन दूधको ८ सय रुपैयाँ भन्दा बढी पर्दो रहेछ, एउटा पाकेट २/३ दिनका लागि सम्मका लागि मात्रै हुँदो रहेछ,’ वडाध्यक्ष रोकायाले भने, ‘अम्बकलाका परिवारको आर्थिक अवस्था निकै कमजोर छ । ल्याक्टोजिन किनेर खुवाउन सकिने अवस्था पनि छैन ।’

अम्कलालाई असोज २२ गते सुत्केरी व्यथाले च्यापेपछि स्थानीय कुरु आधारभुत स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर, त्यहाँ कार्यरत अनमी र अहेब नहुँदा ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लग्दै गर्दा बाटोमा नै उनको मृत्यु भयो । अत्यधिक रक्तश्रावका कारण छोरीलाई जन्म दिएको १ घण्टामा नै अम्बकलाको मृत्यु भएको थियो । तस्वीर– बडिमालिका खबर ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button