समाचार

आम हडतालमा जब यी युवतीले स्कुटरबाट सडकमा लिफ्ट दिँदै हिडिन्

नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको काठमाडौ लगायत मुलुकभर प्रभाव परेको छ । काठमाडौमा नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको जनाएको छ ।

तर एक युवतीले हिम्मत गरेर आफ्नो स्कूटर मात्र निकालेकी छैनन् उनले आफ्नो स्कूटरमा सडकमा अभर परेकालाई लिफ्ट समेत दिएकी छिन् । उनको यो कामको सबैले सामाजिक सञ्जालमा प्रशंसा गरेका छन् ।

उनले बाइकमा नेपाल बन्द छ लेखेर बन्दको ठाउँमा खुला लेखेकी छिन् । त्यसको तल यो बाइकले लिफ्ट दिन्छ लेखिएको छ ।

हडतालमा उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् । प्रचण्ड र माधव कुमार नेपाल सहितका मुख्य नेताहरु नै सडकमा उत्रिएका छन् ।

भित्रि सडकमा केही यातायात चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

Related Articles

Back to top button