समाचार
भोलि २३ गते ओली समूहले बन्द गर्ने पूरा पढनुहोस्
काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माघ २३ गते काठमाण्डौको नारायणहिटी दरबारको अगाडी आमसभा गर्ने भनेपछि त्यस क्षेत्रका व्यापारीहरुले पसलहरु बन्द गर्ने निर्णय गरेका छन् ।
भोलि बिहीबार प्रचण्ड–माधव समूहले देशव्यापी बन्द गर्ने निर्णय गरेको र शुक्रबार ओली समूहको सभाले पार्ने प्रभावका कारण दरबारमार्गका व्यापारीले यस्तो निर्णय गरेका हुन् ।
दरबारमार्गका व्यापारीहरुले त्यस क्षेत्रमा सभा नगर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेपनि ओली समूहले सो ठाँउमा देशभरबाट कार्यकर्ता जम्मा गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।