आमहड्ताल अपडेट : काठमाडौंबाट २५ जना पक्राउ, गाडी तोडफोड र आगजनी
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहबाट आज आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो ।
आमहड्ताल आव्हान गरिएसँगै विहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ ।
गोंगबूमा एउटा ट्याक्सीमा बन्दकर्ताहरुले आगो लगादिएका छन् । आगलागीबाट पूर्ण रुपमा जलेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु २५ जना पक्राउ परेका छन् ।
तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।
आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।