भिडियो

म बाट गल्ति भयो, हजुरको राम्रो भएको देख्न चाहन्छु भन्दै धरधरी रोइन् (भिडियोसहित)

तनहुका राहुल गुरुगं र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् ।

अहिले उनी पछुतोको आँशु झारेकी छन् । उनले आफु ठूलो संकटवाट जोगिएको भनेकी छन् ।

उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् ।

नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् ।

नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए । उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको बताइन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् ।

अहिले केही समयती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको हो । भिडियो

Related Articles

Back to top button