समाचार

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १४ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button