राशिफल

यस्तो छ तपाईको सोमबारको भाग्य, पाथिभारा माताको दर्शन गरि माघ १९ गतेको राशीफल हेर्नुहोस्

मेष राशि – अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिष्पर्धाजन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ ।

देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्ययन अध्यापन मध्यम रहला ।

बृष राशि – गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ ।

आट शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य त ना ब को सामना गर्नुपर्नेछ ।

मिथुन राशि – आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ ।

भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजीक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कट राशि – बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।

मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्धी हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा का ट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धो का हुन सक्छ ।

प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ ।

ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वास घा त हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्धि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ ।

मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Related Articles

Back to top button