स्वास्थ्य/जिबनशैली

खोप लगाएका ५५ स्वास्थ्यकर्मी हिँडडुल गर्नै नसक्ने गरी बिरामी

काठमाडौ । नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएपछि अब त्यसको प्रभावका बारेमा पनि समिक्षा सुरु भएको छ । कोरोना खोपको प्रभावका बारेमा सुमिक्षा सुरु भएको हो । कोरोनाको जोखिममा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएको हो ।

पहिलो चरणमा अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई खोप लगाइएको छ । कोरोना खोप लगाउनेमध्ये केहीमा स्वास्थ्य समस्या पनि देखिएको बताइएको छ । तर यो सामान्य समस्या भएकाले निर्धक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीले भन्दै आएका छन् । दोलखामा कोरोनाको खोप लगाएका केहीमा नकारात्मक असर देखिएको छ ।

सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केहीमा स्वास्थ्य समस्या देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । तर त्यो समस्या गम्भिर प्रकृतिको नभएको पनि जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार १४ गते खोप लगाएका १५५ जनामध्ये ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी बिरामी परेका छन् । तर उनीहरुलाई अस्पताल नै भर्ना भने गरिएको छैन । धेरैजसोमा ज्वरो आउने समस्या देखिएको छ । केहीले बोल्न पनि कठिन भइरहेको बताएका छन् । बुधबार र बिहीबार लगाएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो । सो क्रममा यस्तो जानकारी आएको हो ।

Related Articles

Back to top button