समाचार

कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

विराटनगर । कोरोनाबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक(इन्स्पेक्टर) को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको उहाँका सहकर्मी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिनुभएको छ । कोइरालाका अनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रकम देखिएको थियो ।

त्यसपछि विराटनगरस्थि विराट नर्सिङ होममा उपचाररत हुनुहुन्थ्यो । कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृत्यु भएको कोइराराले जानकारी दिनुभयो ।

स्थायी घर तेह्रथुम रहेका बुढाथोकी ३४ वर्षका हुनुहुन्थ्यो । यसअघि उहाँमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बूढाथोकीका सहब्याजी समेत रहनुभएका इन्स्पेक्टर कोइरालाले बताउनुभयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button