समाचार

अमेरिका लगायत यूरोपका विभन्न मुलुकमा पठाइदिने प्रलोभन देखाएर ३३ जनासँग ९० लाख ७१ हजार रुपैयाँ ठगी

कास्की– अमेरिका लगायत यूरोपका विभन्न मुलुकमा पठाइदिने प्रलोभन देखाएर ३३ जनासँग ९० लाख ७१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कहिले युरोपको कुनै देश, कहिले क्यानडा त कहिले अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–३० शिसुवाका धिरजकुमार बिश्वकर्मालाई पक्राउ गरेको हो ।

युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा आफूले धेरै मानिसहरु रोजगारको लागि पठाइसकेको भन्दै विश्वासमा दिलाएर उनले ९० लाख ७१ हजार रुपैयाँ असुलेको ३३ जनाले जाहेरी दिएका हुन् ।

उनलाई ठगी सम्बन्धि कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

Related Articles

Back to top button