समाचार

जनयुद्धमा कार्यकर्तालाई जंगल पसाएर प्रचण्ड दिल्लीमा जेलवाला तेलले जुल्फी कोरेर बस्थे: प्रधानमन्त्री ओली

काठमाडौ । संसद विघटन पछि अनौपचारीक रुपमा अलग्गीएका नेकपाका अध्यक्ष पुष्पकमपल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिनहुँ कुनै न कुनै टिप्पणी गरिरहेका छन् । दुई अध्यक्षले एक अर्कालाई दिएका अभिब्यक्ति दोहोरी जस्तै सुनिन्छन् । विहिवार फेरी प्रधानमन्त्री ओलीले प्रचण्ड विरुद्ध नयाँ टिप्पणी गरेका छन् । उनले जनयुद्धमा प्रचण्डु जंगल नबसेको दाबी गरेका छन्।

नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । तत्कालिन माओवादीका कार्यकर्ता जंगल पस्दा उनी भारतको दिल्लीमा आराम गरेको टिप्पणी गरेका छन् ।

‘आफु समर्थक कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’

उनले नेकपा विभाजनवाट निरास नहुन कार्यकर्तालाई भनेका छन् । प्रचण्ड नेपाललाई पिलोको संज्ञा दिँदै उनले पिलो निचोरिएपछि नेकपा थप गतिशिल भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए । ‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो’ ओलीको भनाई छ ।

Related Articles

Back to top button