भिडियो

माइती पठाएकी श्रीमती अर्कैसंग हिडिन, छोरा माग्दा फिरौती माग्छन, कसैले सुनेन पिडा भन्दै श्रीमान धरधरी रोए (भिडियो)

मकवानपुर जिल्ला प्रहरी कार्यालयमा अनौठो उजुरी परेको छ । पदमले अनौठो उजुरी दिएका हुन् । आफ्नो श्रीमती र ८ वर्षको छोरालाई उनले ससुराली पठाएका थिए । माइत जान्छु भनेपछि उनले राम्रैसंग श्रीमतीलाई पठाएका थिए । तर अहिले उनी श्रीमती ६ महिना देखि हराएकी छन् । आफुमात्र हराइनन् उनको छोरा समेत हराएका छन् । काठमाडौ भैसेपाटीमा बस्ने पदम बहादुर अझै अचम्म त्यतीबेला लाग्यो उनले मेरो छोरा चाहियो भनेर ससुराली जाँदा ससुरालीले फिरौती समेत मागे ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

चितवन कोटिहानी २२ नम्बर वडावाट उनले ९ वर्ष अघि विवाह गरेका थिए । गएको भदौ देखि श्रीमती गएको बताइन् । उनले आफुले कमाएको सबै पैसा पनि ससुरालीमा दिने गरेका थिए । लकडाउनको समयमा समस्या भएपछि उनले आफुले दिएको पैसा दिनुस् भनेर मागे । त्यसपछि ससुरालीले श्रीमतीलाई पठाइदिनु पैसा दिन्छौं भनेर भने । त्यसपछि उनले श्रीमतीलाई ससुराली पैसा लिन पठाएका थिए । तर न श्रीमती आइन् न पैसा आयो ।

आफ्नो ८ वर्ष लागेको छोरा पनि हराएपछि उनी थप अप्ठेरोमा परेका छन् । ससुरालीले छोरी पठाएनन्, आफ्नो छोरा पनि गायब बनाए । छोरालाई त पठाइदेउ भनेर भन्दा फिरौती मागेको बताए । उनले आफ्नो श्रीमतीलाई ससुरालीले नै अन्तै विवाह गरिदिएको आरोप लगाएका छन् । पहिला ९ वर्ष अघि पनि ससुरालीले नै बोलाएर आफुसंग विवाह गरिदिएका थिए । तर अहिले आफ्नै जात मिल्नेसंग दोस्रो विवाह गराइदिएको उनको आरोप छ ।

Related Articles

Back to top button