करिश्मा कपूर – अभिषेकसँग तय भएको विहे अन्तिममा किन टुट्यो ???
*#*#बलिउड अभिनेत्री करिश्मा कपूर अहिले सिंगल जीवन विताइरहेकी छिन्। पति सञ्जय कपूरसँग २०१६ मा सम्बन्ध विच्छेद गरेर उनी सिंगल मदरको रुपमा दुई सन्तान समायरा र कियानको हेरचाह गरिरहेकी छिन्। साथै सन्दिप तोषनीवालको प्रेममा रहेको बताइन्छ।
***१९७४ जुन २५ मा जन्मेर १५ वर्षकै उमेरमा बलिउडमा करियर सुरु गरेकी करिश्मा १९९० को दशककी सफल हिरोइन हुन्। अहिले भने फिल्मी क्षेत्रमा उनी त्यति सक्रिय छैनन्।
****करिश्माले २००३ मा सञ्जय कपूरसँग विहे गरेकी थिइन्। तर उनको विहे सुखद रहेन। पति सञ्जयको अन्य महिलासँगको सम्बन्धका कारण करिश्माको वैवाहिक जीवन सुखद बन्न सकेन। जसका कारण सम्बन्ध विच्छेद गर्न बाध्य भइन।
***करिश्माको जन्मदिन आउँदै गर्दा भारतीय सञ्चारमाध्यमले उनको र अभिषेक बच्चनबीचको सम्बन्धबारे चर्चा गरेका छन्। सञ्जयसँग विहेभन्दा पहिला करिश्माको इन्गेजमेन्ट अभिषेकसँग भएको थियो। बलिउडमा महानायकको उपाधि पाएका अमिताभ बच्चनको जन्मदिनमा २००२ मा इन्गेजमेन्ट भएको थियो। यतिमात्रै होइन दुबै परिवारले विहेको सम्पूर्ण तयारीसहित निमन्त्रणा कार्ड समेत बाँडिसकेका थिए। तर अचानक दुबैले सम्बन्ध तोडे।
****दुबैको सम्बन्ध टुट्नुको कारण अभिषेककी आमा जया बच्चन रहेको बताइन्छ। जया चाहन्थिन की विहेपछि उनकी बुहारीले फिल्मी क्षेत्र छोडुन। तर, करिश्माले फिल्मी क्षेत्र नछोड्ने अडान लिइन। यही कारण दुबैको परिवारबीच झटपट भयो र विहे रोकियो।
त्यसपछि करिश्माले सञ्जय कपूरसँग विहे गरेकी थिइन्। तर सञ्जयको यो दोस्रो विहे थियो। करिश्मासँग सम्बन्ध विच्देछपछि उनले प्रिया चटवालसँग तेस्रो विहे गरिसकेका छन्।
करिश्मा १९९६ मा प्रदर्शन भएकाे फिल्म ‘राजा हिन्दूस्तानी’बाट चर्चामा आएकी थिइन्। यो फिल्ममा उनले आमिर खानसँग किस गरेकाे सीनले ठूलाे चर्चा पाएकाे थियाे। बलिउडमा यो सीनलाई सबैभन्दा लामाे किस मानिन्छ।