मनोरंजन

हार्दिक बधाई : शक्ति कपुरकी छोरी नायिका श्रद्धा कपुरसँग विवाह गर्दै नेपाली मुलुकका रोहन श्रेष्ठ !

वरुणकै साथी श्रद्धा कपुर र रोहन श्रेष्ठको विवाहको चर्चा यतिवेला भारतीय मिडियामा भइरहेको छ । रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन् । उनका बुवा नेपालमा जन्मिएका भएपनि रोहन भने भारतमै जन्मिएर उतै आफ्नो करियर बनाइरहेका छन् ।

वरुणको विवाहमा रोहनले शुभकामना दिएपछि चर्चा सुरु भएको हो ।जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे । यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’

उनको यस्तो अभिब्यक्ति पछि फ्यानहरुले रोहन पनि विवाहको योजनामा रहेको आशंका गरेका छन् । त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गरिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button