समाचार

स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो, घटनास्थलमै २ जनाको मृत्यु

काठमाडौं । स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु भएको छ । बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई स्कूल बसले ठक्कर दिएको हो ।

मोटरसाइकलमा सवार सोलुखुम्बु टापटिङ ५ बस्ने २४ वर्षीय अनिल मगर र सुनसरी धरान ९ बस्ने २४ वर्षीय गौरब राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसी सुर्यबहादुर थापाले जानकारी दिए।

मंगलवार बिहान करिव साढे ९ बजेतिर चितवन रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडी पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ गईरहेको बा २ ख ५६७४ नम्बरको को सनराइज बोडिङ स्कुल भरतपुर को बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। बस चालक फ’रा’र रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। फाइल तस्बिर**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button