हलिवूड/बलिवूड

यसकारण द कपिल शर्मा शो चाँडै बन्द हुने

भारतीय स्ट्यान्ड-अप हास्य कलाकार, टेलिभिजन प्रस्तुतकर्ता, अभिनेता र निर्माता हुन्। कपिल ‘द कपिल शर्मा सो’को प्रस्तुतीकरणका लागि परिचित छन्। यसभन्दा पहिले उनले टेलिभिजन हास्य कार्यक्रमहरू ‘कमेडी नाइट्स विथ कपिल’ र ‘फ्यामिली टाइम विथ कपिल’ आयोजना गरेका थिए।

ओर्माक्स मिडियाले शर्मालाई सन् २०१६ अप्रिलमा सबैभन्दा लोकप्रिय भारतीय टेलिभिजन व्यक्तित्वको दर्जा दिए। फोर्ब्स भारतले सन् २०१६ र सन् २०१७ मा उसको सेलिब्रेटी १०० सूचीमा कपिललाई क्रमशः ११औँ र १८औँ स्थानमा राखेको थियो।

सन् २०१३ मा, उनी मनोरञ्जन विधामा वर्षको सिएनएन-आइबिएन भारतीय पुरस्कारबाट सम्मानित भएका थिए र सन् २०१५ मा इकोनोमिक टाइम्सद्वारा सर्वाधिक प्रतिष्ठित भारतीय व्यक्तित्व सूचीमा तेस्रो स्थान पाएका थिए। शर्मालाई सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानका लागि स्वच्छता र अन्य सरसफाइ सम्बन्धी सामाजिक मुद्दाहरूको लागि जनचेतना फैलाउन मनोनयन गरेका थिए। आफ्नो कार्यक्रममार्फत अभियानमा संलग्नता र उनको योगदानको लागि कपिललाई तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१५ सेप्टेम्बरमा राष्ट्रपति भवनमा आमन्त्रित गरेका थिए।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यसै क्रममा सोनी टिभीमा प्रसारण हुने कमेडी शो ‘द कपिल शर्मा शो’ भारतमालगायत नेपालमा पनि चर्चित छ । मानिसहरुलाई कपिल शर्मा र उनको टिमको कमेडी असाध्यै मन पर्छ । पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन् । थुप्रै पटक बन्द भएपछि पनि द कपिल शर्मा शोको चर्चा कम भएको छैन । यसैबीच यो कार्यक्रम पुनः बन्द हुन लागेको खबर छ ।

ताजा जानकारीका अनुसार द कपिल शर्मा शोले चाँडै नै दर्शकलाई बाईबाई भन्दै छ । इन्टरटेन्मेन्ट वेब पोर्टल टेलिचक्करको एक रिपोर्टलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो बन्द गर्ने योजनामा निर्माण पक्ष रहेको छ । केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् ।

नयाँ सिजनमा ‘द कपिल शर्मा शो’ एकदम नयाँ अन्दाजमा आउनेछ । यस्तोमा द कपिल शर्मा शोको कास्टमा पनि भारी फेरबदल हुने संकेत मिलेको छ । यो स्पष्ट भइसकेको छ कि कमेडी शो द कपिल शर्मा शो एउटा सानो ब्रेकपछि पुनः टिभीमा फिर्ता हुनेछ ।

Related Articles

Back to top button