भिडियो

घरमा श्रीमति हुदाहुदै अर्कै केटि लिएर होटल छिरेका युवकको सकास्पद मृत्यु भएपछि…..(भिडियो सहित)

काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा एक युवकको ज्यान गएको छ। युवतीसहित सोमबार बिहान विभोर होटल पुगेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको हो।

युवतीसहित सोमबार बिहान होटल पुगेका उनले होटलमै आफूलाई असजिलो महशुस भएको र छाति दुखेको बताएका थिए। कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेकी थिइन्। प्रहरीका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएका थिए।

त्यसपछि युवतीले बोलाउँदा श्रेष्ठ नउठेपछि ह’ल्लाख’ल्ली भएको थियो। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि सम्पर्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृत्यु भएको भनेकी थिइन । त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो । युवकको मृत्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।

युवतीले नै युवकको ज्यान लिएको आफन्तहरुको आरोप छ । मृतक युवकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान थालेको छ ।भिभोर होटेलमा पुग्दा मृतक युवकका आफन्तहरुको रुवाबासी चलेको थियो ।

Related Articles

Back to top button