समाचार

नयाँबाटोमा प्रकाशित मुख्यमन्त्री राई बारेको न्युजलाई तोडमोड गर्ने बिरुद्ध साइबर क्राइम

काठमाण्डौं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको व्यक्तिगत जीवन र नयाँबाटो (सिधाबाटो) प्रति लक्षित गर्दै केहि फेसबुक ग्रुपहरुमा, म्यासेन्जरमा र व्यक्तिगत रुपमा फेसबुक लगायत केहि सामाजिक सञ्जालमा एउटा समाचारको फोटोको स्क्रिन शर्ट सिधाबाटो डट कमलाई प्राप्त भएको छ ।

उक्त समाचारको स्क्रिन शर्ट प्रति सिधाबाटो तथा नयाँबाटो परिवार खेद प्रकट गर्दछ । माघ ४ गते सिधाबाटो डट कममा मुख्यमन्त्री राईले बाचा तोडेर २८ वर्ष कम उमेरकी ज्याङ्मुसँग विवाह गर्दै भन्ने शिर्षकमा प्रकाशित समाचारको स्क्रिन शर्ट लिई हाम्रो शिर्षकलाई अश्लिल तरिकाले तोडमोड गरी सामाजिक सन्जालमा हाम्रो संस्था र माननीय मुख्य मन्त्री ज्यु र उहाँकी श्रीमतीको मानमर्दन गरेकोले हामीले निज फोटो बनाउने व्यक्ति बिरुद्ध साईबर क्राइममा केस गरेका छौँ ।

आम जनमानसमा यसरी गलत कुरा जसले फैलाए नि त्यो बदनियत पूर्ण छ । सुचना प्रविधिको दुरूपयोग गर्दै जसले गरेपनि दोषीलाई पत्ता लगाई हदैसम्मको कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्दछौँ । साथै यो समचारलाई सबै समक्ष शेयर गरेर सत्यतथ्य सबैमाझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

Related Articles

Back to top button