रोचक

कमला ह्यारिसले मेरो डिजाइनको लुगा लगाउनु नेपाल प्रति विश्वास बढ्नु हो : प्रबल गुरुङ

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ‘फेशन डिजाइनर’ प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ४१ वर्षको उमेरमा उनले फेशन डिजाइनिङ को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ।

उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्। फेशन दुनियाँमा आफूलाई स्थापित गराएका तिनै प्रबल गुरुङ फेरी एक पटक चर्चित भएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएका पछि एकाएक उनको चर्चा चुलिएको छ । उनले त्यसको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

कमलाले आफ्नो डिजाइनको लुगा लगाएर नेपाल प्रति विश्वास जगाएको उनले बताएका छन् । उनले लेखेका छन्, , ‘यो नेपालका लागि हो, कमला ह्यारिसले मेरो सामानहरू लगाएकोले यसले मेरो विश्वासको पुष्टि गर्छ, उहाँ जस्तो विश्वव्यापी विचार भएको मान्छेले मलाई रोज्नु सम्पुर्ण नेपालीको लागि गर्वको कुरा हो।’

Related Articles

Back to top button