रोचक

माघ महिनामा दुई ठूला ग्रहयाेग बन्दै हुनेछ राजनीतिमा उथलपुथल ,ज्योतिषको दाबी

खगाेलका साथै ग्रह,राशि तथा नक्षत्र सम्बन्धि खाेज तथा अनुसन्धानमा लाग्ने हरुका लागि हरेक समयमा हुने तारा तथा नक्षत्र हरुकाे परिवर्तन नै महत्त्वपूर्ण मानिन्छ ।

पृथ्वीले सूर्यकाे परिक्रमा गरिरहेकाे छ भने सम्पूर्ण ग्रहहरुले आ-आफ्नो स्थानबाट साैर्य परिवाकै परिक्रमा नित्यरुपमा गरिरहेका छन् ।

परिक्रमा गर्ने क्रममा विभिन्न समयमा फरक फरक अवस्था हरु ब्रह्माण्डमा बनिरहेका हुन्छन् । अरु वर्ष हरुमा बन्ने खगाेलीय अवस्था भन्दा यसपटक माघ महिनामा बन्न लागेकाे ग्रहहरुकाे अवस्था अनाैठौ र दुर्लभ खगाेलीय अवस्था सृजना हुन लागेकाले पनि खगोल सम्बन्धि अध्ययन गर्नेहरुका लागि याे बिशेष र महत्त्वपूर्ण हुने खगाेलविद्हरुले दावी गरेका छन् ।

के कारणले गर्दा माघ महिना बिशेष बन्दै छ?

सूर्य घनु राशिबाट मक्करमा माघ १ गते बिहिवार देखि प्रवेश गरे लगत्तै पाँच ग्रहहरुकाे संयुक्तरूपमा मकर राशिमा भेट भएकाे छ । यसरी पाँच ग्रहहरुकाे एउटै राशिमा उत्तरायण हुनेदिन भेटहुनु नै याे एतिहासिक अवस्था हाे । सूर्य,चन्द्रमा,बुध,बृहस्पति र शनि गरि पाँच ओटा ग्रहहरुकाे भेट हुनुलाई ज्याेतिषी हरुका लागि महत्वपूर्ण दिनका रुपमा रहनेछ ।***

फेरि माघ २९ गते ‍औंसीका दिन ६ ‍ओटा ग्रह एउटै राशिमा भेट हुने अवस्थाको सृजना हुन लागेकाे छ । एउटै महिनामा दुई पटक खगाेलीय अवस्था परिवर्तन हुनुलाई यसले ईतिहास रच्ने याेग निर्माण हुने ज्याेतिषीहरुले दावी गरेका छन् । एउटै राशिमा सूर्य,चन्द्रमा,बुध, बृहस्पति,शुक्र तथा शनिग्रह मकर राशिमा भेट हुनुलाई विशेष रुपमा हेरिरहेको छ ।

यस्ता ग्रहहरुकाे याेग निर्माण भएकाे अवस्थामा विशेषगरी देशमा ठूलै एतिहासिक परिवर्तन हुने सम्भावना रहनेछ । कानून बिलियाे हुनुपर्ने भन्दै व्यापक जनदबाब हुनेछ । जनताद्वारा प्राप्त जनमतकाे अस्तित्व बिहिन हुनुका साथै पुरानाे राज्य नीतिले पुन निरन्तरता पाउने देखिएकाे छ ।

६ ओटा ग्रह मकर राशिमा हुनाले पूर्वी तथा दक्षिणी देशहरुकाे बर्चस्व कायम रहने देखिएकाे छ । आज भन्दा ५८ वर्ष अघिपनि यस्तै ग्रहदशा भएकाबेला देशमा ठूलै परिवर्तन भएकाले पुनः २०१७ सालकाे एकतन्त्रीय शासन लागुहुन सक्ने पनि विगतका अनुभव बाट ज्याेतिषीले जानकारी गराएका छन् । १९९० सालमा औंसीका दिन पनि यस्तै ग्रह याेग भएकाे अवस्थामा महाभूकम्प गएकाले सचेत रहन आग्रह गरिएको छ ।

मानिसले कल्पना नगरेकाे राजनिती घटना पुनरावृत्ति हुने सम्भाबना रहेकाे छ । पहेलो धातुमा मुल्यवृद्धि हुनेछ । खाद्यान्न तथा तैलीय पदार्थमा उल्लेख्य मात्रमा मुल्य वृद्धिको सामना गर्नुपर्ने देखिएकाे छ ।

Related Articles

Back to top button