हलिवूड/बलिवूड

नेहा कक्कडले श्रीमान् रोहनप्रित सिंहलाई दिइन् ध’म्कीः भनिन्, ‘ए’क्सलाई फोन गर्यौ भने…’

गायिका नेहा कक्कडले सोसल मिडियामा एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् । यसमा उनी श्रीमान् रोहनप्रित सिंहलाई ध’म्की दिइरहेको देखिएकी छिन् जसमा उनले श्रीमानलाई ए’क्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने बताएकी छिन् । यद्यपि, यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कड श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेको देखिएकी छिन् ।

भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रोहनप्रित सिंह ‘एक्स–क’लिङ’ गीतमा अभिनय गरिरहेका देखिएका छन् । त्यसपछि नेहा कक्कडले उनलाई ध’म्की दिँदै श्रीमानकी ए’क्सले अर्को व्यक्तिका लागि रोहनप्रितलाई धो’का दिएको भन्दै ए’क्सलाई फोन नगर्न भनेकी छिन् । नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘ए’क्स कलिङ ? ठिक छ । गर तिमी फोन, त्यसपछि भन्नेछु… हाहाहा, रोहनप्रित सिंह, मलाई यो गीतसँग प्रेम छ ।’ यसमा रोहनप्रित सिंहले कमेन्ट गर्दै लेख्छन्, ‘ओ, कोही छैन, कोही छैन, कोही छैन, नरिसाउ । तपाईंलाई यो गीतसँग प्रेम छ र मलाई तिमीसँग प्रेम छ ।’स्मरण रहोस्, सन् २०२० अक्टोबरमा यी दुईले विवाह गरेका थिए । यी दुई आफ्नो म्युजिक भिडियो र सोसल मिडिया पोस्टका कारण बारम्बार चर्चामा छाइरहन्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button