समाचार

जब सडक किनारमा सु ति रहेका मजदुरमाथि ट्रक गुड्यो, १५ को तत्काल मृत्यु, गम्भीर घाइतेको उपचार हुँदै

भारतको गुजरातमा एक दुखद घटना भएको छ । त्यहाँ सडक किनारमा सु ति रहेका मजदुरमाथि ट्रक गुडेको छ । यो घटना गुजरातको सुरत भन्ने शहरको हो ।

उक्त ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा ती मजदुरहरु सु ति रहेका थिए । मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सु ति रहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ ।

ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button