Tips

सोमबार यी काम गर्नुहोस्, चम्किनेछ भाग्य !

काठमाडौँ । सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ।

अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ।

सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ।

भिडियोमा हेर्नुहोस् पूरा जानकारी

Related Articles

Back to top button