समाचार

निकै महत्व मानिएको परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको यो तस्विरले देशकै शिर झुकायो

नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली समूहका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको यो तस्विरले यचित बेला चर्चा पाएको छ ।

नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका भ्रमणमा गएका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटेको क्रममा ज्ञवालीले शिर झुकाएर निहुरिएर नमस्कार गरेको यो तस्विरले देशको शिर झुकाएको अनुभुति गर्न सकिन्छ ।

निहुरिएर नमस्कार गरेका ज्ञवालीलाई नमस्कार फर्काउनुको साट्टो माफी दिएको जस्तो गरी सिंह ज्ञवालीको हात समातेका छन् ।

तीनदिने औपचारिक भारत भ्रमण गएका परराष्ट्रमन्त्री ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिबार अपराह्नसम्म असफल भएपछि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्केका थिए ।

उनले मोदीसँग भेटवार्ताका लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानलमार्फत प्रयास गरेका थिए, तर सफल भएनन् ।

दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणेदेखि ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भने प्रधानमन्त्रीसँग भेटको सहज अवसर पाएका थिए।

Related Articles

Back to top button