समाज

आँचल र उदिपलाई सन्तान बारे प्रश्न, यस्तो दिइन् जवाफ

अभिनेत्री आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको एक बर्ष हुन् लागेको छ । गएको वर्ष हिन्दू परम्परा अनुसार उनीहरुले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका थिए । ‘हामी तीन जना हुन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जिस्किदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’

आँचललाई उदिपको केयरिङ गर्ने बानी असाध्यै मन पर्छ । उनले उदिपलाई नभेट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ । तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो । ‘उहाँको केयरिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उदिपलाई भने आँचल असल केटी लाग्छ । ‘खै म त उनको एउटा–दुइटा मात्र कुरा राम्रो कुरा भन्नै सक्दिनँ,’ उनले भने, ‘मलाई त उनी हर कुरामा पर्फेक्ट लाग्छ ।’ त्यसो हो भने के यो जोडीको कहिल्यै ठाकठुक पर्दैन ? आँचलले उदिपलाई उछिनेर भनिन्, ‘मेरो पर्छ । दिनमा एकचोटि जसो त म रिसाएकै हुन्छु । तर, उहाँले फकाइहाल्नुहुन्छ ।’ आँचलको कुरामा सही थाप्दै उदिपले रिसाउने कारण बताए, ‘उनलाई छिनछिनमा हाई–हेल्लो गरिरहनुपर्ने हुुन्छ । तर, म पेसेन्टसँग भएको बेला अरू सब कुरा बिर्सन्छु । यही निहुँमा उनले एकदुई घण्टी फोन काट्छिन् तर तेस्रो घण्टीमा उठाउँछिन् ।’

आँचल भने धेरैको सम्बन्ध कम्युनिकेसनको अभावका कारणले नै सकिएको देखेकाले कम्युनिकेसनमा रहनकै लागि यस्तो गर्ने गरेको बताउँछिन् । ‘एकअर्कालाई एक अर्काको कुरा थाहा भयो भने मात्र सम्बन्धमा शंका हुन्न,’ आँचलले झगडाको अन्तर्य बताउँदै भनिन्, ‘नत्र यसरी नै सानो कुरा पछि गएर ठूलो हुन्छ । यही डरले हो, मैले फोन गर्नुभएन भनेर किचकिच गर्ने । अन्यथा, हाम्रो आजसम्म अरू कुनै विषयमा झगडा भएको छैन ।’

Related Articles

Back to top button