समाचार

सोमबार भोलि सार्वजनिक बिदा

प्रदेश २ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ । मधेश आन्दोलन स्मृति दिवस मनाउन भन्दै प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ सरकार गठन भएपछि मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो ।

यस पटकको मधेश आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको छ । २०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन उग्र बनेको थियो ।

यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइँदै आएको छ । तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार बनेपछि सरकार आफैंले मधेश आन्दोलन स्मृति दिवस मनाउन सुरु गरेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button