समाचार

विवाह गराउन गएका पण्डितले नै बेहुली लिएर भागेपछि …..

एजेन्सी । संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बनाउँछ । अर्काको विवाह गराउन गएका पण्डितले नै बेहुली भगाइदिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?

वास्तवमा यस्तै घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । यो घटना नेपालमा भने भएको होइन । भारतको मध्यप्रदेशमा भएको यो घटनाले सबैलाई आश्चर्य चकित पारेको छ ।

एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।

Related Articles

Back to top button