बेलायतबाट काठमाण्डौमा भएकी छोरीलाई गिफ्ट भन्दै ‘से’क्स टोय’ पठाएपछि…
काठमाडौं| महानगरीय प्रहरी परिसर टेकुमा गत भदौ १४ गते एउटा विद्युतीय कारोबार ऐन अर्थात साइबरसम्बन्धी उजुरी पर्यो। उजुरी गर्ने युवती थिइन्, रेश्मा घले (नाम परिवर्तन)। घलेले दिएको उजुरीमा लेखिएको थियो, ‘अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी सोनिक्स गुरुङ, सोनिका गुरुङ र लिली पुलामी बनाएर मेरो गुगल आइडीसमेत ह्याक गरी मलाई अ’श्लील म्यासेज पठाउने गरेको छ। कारबाही गरिपाऊँ।
तीन वटा फेसबुक आइडीबाट आफूलाई अ’श्लील म्यासेज आउने गरेको व्यहोरासहित घलेले म्यासेजसमेत स्क्रिनसट गरेर उजुरी हालेकी थिइन्। व्यक्ति पहिचान नभएको भनेर हालेको उजुरीको ३ दिनपछि भदौ १७ गते फेरि उनैले श्यामकुमार सापकोटाका नाममा किटानी जाहेरी दिइन्। घलेले किटानी जाहेरी दिएका व्यक्ति सापकोटा उनकै बाबु हुन्।
रेश्माका बाबु सापकोटा र आमा बेलायतमा बस्दै आएका छन्। यसरी छोरीले नै बाबुविरुद्ध फेसबुकमा अ’श्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। नग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर से’क्स टोयसम्मका सामानका फोटाहरु पठाउने गरेको आरोप सापकोटालाई लगाउँदै उजुरी परेको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **