मृत्युअघि सुशान्तले आफ्नै हातले लेखेको चिट्ठी सार्वजनिक, पढेर भावुक बने फ्यान
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको ७ महिना पुगिसकेको छ । तर उनको निधनको खास बास्ताविकत अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
हालै सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले सोशल मिडियामार्फत् सुशान्तले हातले लेखेको एक चिट्ठी सार्वजनिक गरेकी छिन् ।
‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० साल खर्च गरें । पहिले ३० साल केही बन्नका लागि कोशिशमा रहें । मैले हरेक चिजमा राम्रो गर्न चाहन्छु । टेनिस, स्कूल तथा माथिको अध्ययनमा
यस चिट्ठीमा सुशान्तले आफ्नो ३० वर्षको जीवनबारे केही लेखेका छन् । यो चिट्ठी शेयर गर्दै स्वेताले लेखेकी छिन्, ‘दाइले लेखेको, यो सोच बहुत गहिरो छ ।’
सुशान्तको चिट्ठीमा लेखिएको छ, ‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० साल खर्च गरें । पहिले ३० साल केही बन्नका लागि कोशिशमा रहें । मैले हरेक चिजमा राम्रो गर्न चाहन्छु । टेनिस, स्कूल तथा माथिको अध्ययनमा राम्रो गर्न चाहेको थिएँ ।’
सुशान्तले लेखेको पत्र पूरै पढ्दा भावुक बनाउने खालको छ । पछिल्लो केही घण्टायता उनको यो पत्र सोसल मिडियामा निकै भाइरल भइरहेको छ । उनका फ्यानहरूले उक्त पत्र पढेपछि निकै भावुक भएको प्रतिक्रिया दिइरहेका छन् ।