स्वास्थ्य/जिबनशैली
मानिसको शरीरमा किन आउँछ मुसा ? यसरी गर्नुहोस् उपचार
काठमाडौँ । ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग लाई हामी सामान्य भाषामा मुसा भन्दछौ।
मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ। सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ।
मुसाका बिभिन्न प्रकारहरु हुने गर्दछन्। जस्तोः
१) औलामा आउने
सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने दिदैन ।
२) पैतालामा आउने
पैतालामा वा हत्केलामा आउने मुसाले शरीरमा निकै पिडा दिने गर्दछ। यस्ता दुखाइले विशेषत हिँड्ने बेलामा पैतालामा वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ।