समाचार

एउटा सानो गल्तीले ७ वर्षीया अदीतिले संसारबाट सदाको लागि बिदा भइन् !

विराटनगर : मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।

अदीतिलाई उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।

उनका अनुसार दिउँसो ३:३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा साँझ ७:३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको एसपी शर्माको भनाइ छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी–५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button