समाचार

गोकर्ण विष्टकी आमा चिन्तकला विष्टको यसरि भयो दुखद निधन

काठमाडौ । पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा मंगलबार निधन भएको हो । आमा चिन्ताकला बिष्टको गुल्मीको इस्मा स्थित घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गोकर्ण विष्ट को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए । खासगरी संविधान जारी हुनुअघि छोटो समय झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जमन्त्री रहँदा विष्टले बिजुलीको महसुल नतिर्नेहरूविरूद्ध लाइन काट्नेदेखि कतिपय सुधारका कदमहरू चालेर प्रशंसा कमाएका थिए।

पछिल्लो समय उर्जा मन्त्रि हुँदा उनले राम्रो काम गरेता पनि उनिलाइ मन्त्रि बाट हटाएपछि सरकारको चर्को आलोचना भएको थियो । गोकर्ण विष्टको कार्यशैलीको कारण जनता लुट्न र चुस्न नपाएर छटपटाएका श्रम व्यवसायीहरू, श्रम गन्तव्य मुलुकमा घुस खाएर स्वीकृति दिन बानी परेका तर गोकर्ण विष्टकै कारण रोकिएका राजदूतहरू उनको विरोध गर्दै प्रधानमन्त्रीलाई भेट्नै गए । यसको सत्य तथ्य प्रमले बुझ्न खोजेनन् उनले परराष्ट्र मन्त्री सँग सोधे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विष्टलाई हटाऊँ प्रमज्यू सबै समस्या समाधान हुन्छ भन्ने सुझाव दिए । अनि केपी ओलीले आँखा चिम्लेर निर्णय गरे र गोकर्ण विष्ट मन्त्रालयबाट बाहिरिए ।

यहाँ श्रम मन्त्री प्रचण्ड खेमाका हुन्थे भने पनि ओलीले त्यति सजिलै हटाउन सक्ने थिएनन् । विष्णु पौडेलको पक्षमा शङ्कर पोखरेल हुन्थे भने पनि विष्ट यति सजिलै हट्ने थिएनन् । दाङ राजधानी बनाउन पोखरेल पक्षको समर्थनमा ज्ञवाली मौन बस्नु, विष्णु पौडेललाई कमजोर बनाएर आफ्नो प्रभुत्व जमाउन ज्ञवालीले पोखरेलको साथ खोज्नु र एक ठाउँ मा आउनु, वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा हारको कारण विष्ट हुन भनेर ब्रिफीङ हुनु र राजदूतहरूले गलत तरिकाको रिपोर्टिङ गर्नु इत्यादि कारणले प्रदीप ज्ञवालीले सोझो फाइदा उठाउन सफल भए ।

त्यस्तै नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उहाँको जन्म भएको थियो । उहाँले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गर्नुभएको थियो ।

सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ रेडियो देवघाटको अध्यक्ष समेत हुनुहुन्थ्यो । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उहाँ सङ्लग्न हुनुहुन्थ्यो । उहाँका दुई छोरा र दुई छोरी छन् ।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँछ ।

Related Articles

Back to top button