समाज

को हुन् यी ब्याक्ति जस्लाई देख्दा रोकिएनन् टिका सानुको आँशु, यस्तो रहेछ सम्बन्ध (भिडियो)

काठमाण्डौ । खेम विश्वकर्मा ती मानिस हुन् जस्ले लोक गायीका टिका सानुलाई जन्माएका थिए । आज उनै खेम विश्वकर्मा अति नै दयनीय अवस्थामा रहेका छन् । आफ्नो गुरुको यो अवस्थालाई जब टिका सानुले एउटा अन्तरवार्तामा देखिन् तब उनी गुरुलाई भेट्न भनी गुरु भएकै ठाउँमा पुगिन् । कल्पनाभन्दा परको अवस्थामा जब टिका सानुले आफ्नै गुरुलाई भेटिन् तब रोकिएनन् उनका आँखाका आँशु पनि ।

मनकारी टिकाले गुरुलाई भेटेर आफ्ना आँखाबाट आँशु मात्र बगाईनन् । उनले आफुले सकेको सहयोग पनि गरिन् । कुनै समय आफुलाई गीत संगीतको कुरा सिकाएका आफ्नै गुरुलाई इट्टा बोकेर मज्दुरी गरेको देखेपछि टिकाले कसैको वास्ता नगरेरै ध्वाँ कि ध्वाँ रुन थालिन् । उनी रोएको देखेर उनका गुरु खेम विश्वकर्मा पनि भक्कानिँदै रोए । माहोल एकछिन् त रुवाबासीकै चल्यो । सबैको देख्ने सुन्ने सबैको आँखा पनि रासायो ।

टिकाले आफ्नो गुरुलाई त्यो अवस्थामा देखेपछि भावुक हुँदै भनि,‘कुनै दिन कुनै समयमा सेतो सर्ट, कालो पाईन्ट चटक्क पारेर लगाउने मान्छे आज इट्टाको भारी बोकेको देख्दा कस्लाई रुन मन लाग्दैन र ? ’ आफ्नो शिष्यको यो मार्मिक भनाईले उनका गुरु खेम भावुक भए । उनले आफ्ना दुःखको कुरा टिकालाई सुनाउन नचाहाँदा नचाहाँदै पनि टिकाले थाहा पाएर आफुलाई भेट्न आएकोमा खुशी हुनुका साथै दुःख लागेको पनि बताए ।

गुरु शिष्य दुवैले विगतका दिन सम्झिएर निकै बेरसम्म पनि रोए । उनीहरु रुँदा उनीहरुलाई देख्ने सबैको आँखा पनि रसाएको थियो । टिक तब निकै भावुक बनिन् जब उनले आफ्नो गुरु खेमको ऋण आफुले सोंचेभन्दा निकै नै बढी भएको थाहा पाईन् । उनले यो कुरा थाहा पाएपछि गुरुले आफुलाई पहिला नै भनेको भए सबै ऋण तिर्न नसकेपनि ब्याज भएपनि तिरेर ऋण कम गर्न त सकिन्थ्यो भन्दै भावुक बनिन् । उनै गुरु चेलीको मार्मिक कुराकानी सुन्नलाई यो भिडियो क्लिक गर्नुहोला । भिडियो

Related Articles

Back to top button