Tips

यी ५ समस्याले गर्नसक्छ हृदयघातको संकेत, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । हृदयघात पछिल्लो समय धेरै जनाको समस्याको विषय बनेको छ । हृदयमा कुनैपनि समस्या भएर काम गर्न नसक्दा कति मानिसले यसकै कारण ज्यान समेत गुमाउनु परिरहेको छ।

मानिसको हृदय सही रुपले काम गर्नको लागि अक्सिजन युक्त रगतको निरन्तर आदानप्रदान आवश्यक हुन्छ। हृदयमा यसरी रगत प्रवाह गर्ने रक्त वाहिकाहरुलाई कोरोनरी धमनी भनिन्छ।

यदि यो धमनीहरुमा बाधा सिर्जना भयो भने हृदयमा रगतको आदानप्रदान रोकिन पुग्छ। जसको परिणाम स्वरुप व्‍यक्तिको मृत्यु समेत हुने सम्भावना हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

धमनीहरुमा बाधा उत्पन्न हुनु वा रगतको आदानप्रदान रोकिनुको पछि कैयौं कारणहरु हुनसक्छ। यो धमनीहरुमा जम्मा भएको कोलिस्ट्रोल र फ्याट अधिक हुँदै जाँदा यस्तो समस्या सिर्जना हुने गर्दछ।

यसलाई एथेरोस्क्लेरोसिस समेत भन्ने गरिन्छ। यो स्थितिमा धमनीहरुको फैलावट या संकुचनमा बाधा सिर्जना हुनसक्छ।

जसको कारण हृदयले आवश्यक मात्रामा अक्सिजनयुक्त रगत पाउन सक्दैन । जुन हृदयघातको कारक बन्न पुग्दछ।

यहाँ हामी धमनीहरुमा हुने बाधा वा हृदयघातको संकेतबारे जानकारी दिँदैछौं। जुन संकेत लगत्तै चिकित्सकहरुकोमा गएर उपचार गराउँदा हृदयघातबाट बच्न सकिन्छ।

छातीमा दुखाई हुनु

यसरी रगत आदानप्रदानमा समस्या सिर्जना भएपछि छातीमा समस्या भएको महसुस हुने गर्दछ । हृदयमा रगत प्रवाह हुन नसकेपछि यसको प्रत्यक्ष असर छातीसम्म पर्ने गर्दछ। जुन हृदयघातको संकेत हुनसक्छ।

जो कि हृदयमा रक्‍त प्रवाहको कमिका कारण हुने गर्दछ । यो कोरोनरी अर्टरी डिजीज (सीएडी) को एक सामान्य लक्षण हो। जसमा छातीमा समयसमयमा दुखाई हुने, दबाव र ऐठन महसुस हुने गर्दछ।

यस समस्यालाई प्रायः सामान्य दुखाईको विषय मान्न सकिन्छ। यदि हाम्रो धमनी अवरुद्ध भयो भने त्यो दुखाई शरीरको अन्य भागमा समेत फैलिने गर्दछ।

जस्तो कि हात, पीठ, पेट, गर्धनसम्म पनि दुखाई महसुस गर्ने गरिन्छ। यस्तो दुखाई देखिनु पनि हृदयघातको एक संकेत हो।

सास लिन समस्या भएमा

यदि कुनैपनि व्यक्तिको धमनी रोकिएको छ भने उसलाई श्वासप्रश्वासमा समस्या हुने गर्दछ। कुनैपनि व्यक्तिले लामो सास फेर्न नसक्ने र छोटो छोटो सास फेर्ने गर्दछ भने उसमा पनि हृदयघातको संकेत रहेको मान्न सकिन्छ।

वान्ता हुनु

कोरोनरी अर्टरी डिजिजको लक्षणको रुपमा वान्ता भईरहनु पनि लिन सकिन्छ। यसले पनि धमनीमा कुनै समस्या आएको छ भन्ने विषयलाई संकेत गरिरहेको हुन्छ। कसैकसैमा भने पेट दुख्नेदेखि उल्टी हुने एवं पाचनतन्त्रमा संक्रमण समेत देखिने गरेको हुन्छ।

चक्कर आउनु

धमनी अवरुद्ध हुँदा अक्सिजन युक्त रगत मस्तिष्कसम्म पुग्न सक्दैन। जसका कारण रिंगटा लाग्ने समस्या सिर्जना हुने गर्दछ। धेरै थाकेको महसुस हुनु, चक्कर आउनु, बेहोस भएजस्तो महसुर गर्नु पनि हृदयघातको संकेत हो।

मुटुको धड्कन अनियमित हुनु

मुटुको धड्कन अनियमित हुनु पनि हृदयघातको एउटा संकेत हो । हृदयमा पर्याप्त रुपले रगतको मात्रा नभएको कारणले धमनीहरुमा रोकावट पैदा हुने गर्दछ। जसका कारण मुटुको धड्कन बढ्दै जाने गर्दछ।

यदि कुनैसमय जोडतोडका साथ मुटुको धड्कन चल्छ र कहिलेकाहीँ एकदमै मन्द गतिमा धड्कन चल्छ भने त्यो समेत संकेत हृदयघातको हुनसक्छ। त्यस्तो अवस्थामा पनि तुरुन्त चिकित्सकको सहायता लिईहाल्नुपर्छ।

माथि उल्लेखित संकेतहरु पाउने वित्तिकै नजिकैको चिकित्सक कहाँ पुग्ने हो भने हृदयघातका कारण ज्यानै जाने समस्या नआउने चिकित्सकहरु बताउँछन्।

Related Articles

Back to top button