रोचक

काठमाण्डौंका खोला, कराडौं घुस खाएर ब्यक्तिका नाममा पास गरिदिए

सरकारी कर्मचारी भन्ने बित्तिकै आम जनमानसमा एक घुस्याहा आकृति आउँछ । त्यही मान्यतालाई पुष्टि गर्दै केही सरकारी कर्मचारीले सार्वजनिक खोला नै ब्यक्तिको नाममा पास गरिदिएका छन् ।

उनीहरुले खोलाको किनार नापीमा भएको नक्शा हेरफेर गरेर ब्यक्तिको नाममा पास गरिदिएका हुन् । ललितपुरको कर्मनाशा खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि उक्त ठाउँमा संरचना निर्माण समेत गरेको पाइएको छ ।

८ रोपनी १२ आना ३ पैसा २ दाम सार्वजनिक जग्गा योजनावद्ध तरिकाले हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यस्तो कार्यमा संलग्नहरु नापी कार्यालय, ललितपुरका तत्कालिन प्रमुख बुद्धिमान जैशी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगर छन् ।

यस्तै मालपोत कार्यालय ललितपुरका तत्कालिन प्रमुख बाबुराम खनाल, नायब सुब्बाहरु ख्याम नारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुईंटेल भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् । ।

उनीहरुले यूरो ल्याण्ड डेभलपर्स प्रा।लिं र यूरो हाउजिङ्ग डेभलपर्सका संचालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, वविन मानन्धर र उज्वल मानन्ध र काठमाडौं हस्पिटलका संचालकहरु डा इश्वरलाल आचार्य, डा दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचन लगायतका नाममा उक्त खोला किनार पास गरिदिएका थिए ।

अहिले अख्तियारले उनीहरुसँग दुई करोड दुई लाखका दरले बिगोदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Related Articles

Back to top button