भिडियो

नक्कली फेसवुक आइडी बनाएर जथाभावी लेख्नेलाई बिचबाटोमै रामधुलाई, सारा समाजको अगाडी खुट्टा ढोगाएर माफी मगाउँदै (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालवाट धेरै कुराको जानकारी पाउन सकिन्छ । सामाजिक सञ्जाललाई यदि गलत तरिकाले प्रयोग गर्दा कस्तो नियती भोग्नुपर्छ भन्ने उदाहरण इलाममा देखिएको छ ।

सुरेश मगरले भक्तपुर घर भएका एक युवकको साथीलाई नक्कली फेसवुक आयडी बनाएर अनावश्यक कुरा लेख्दै पठाउँदै गरेको खुलेपछि अहिले ववाल भएको छ । इलामको जितपुरे निवासी सुरेश मगरले सहयात्री अर्जुन नाम गरेको फेसवुक आइडीवाट रेशम मगरको बारेमा नकारात्मक टिप्पणी गरेर सार्वजनिक गरेका थिए । उनले धेरै लाइक भएका फेसवुक पेजमा रेशम मगरका बारेमा अनावश्यक कुरा लेखेर पोष्ट गरेका थिए ।

सो कुराको वास्तविकता खुलेपछि उनले अहिले माफी मागेका छन् । अहिले सुरेशलाई सार्वजनिक गरिएको छ । सार्वजनिक रुपमा उनले माफी मागेका छन् । रेशम मगरलाई पत्ता लगाइदिनु, जसले रेशमलाई पत्ता लगाइदिन्छ उसलाई उचित पुरस्कार दिइन्छ भन्दै शेयर गरेका थिए ।

उनले सहयात्री अर्जुन नाम गरेको आइडी आफुले बनाएर रेशमको तस्बिर समेत राखेर फेला पार्नेले जानकारी दिनु त्यो सूचना गोप्य राखिन्छ भन्दै फेसवुकमा लेखेका थिए ।

सुरेशले आफुलाई अनावश्यक दुख दिएको भन्दै सार्वजनिक रुपमा माफी मगाएका छन् । उनले रेशमसंग उनको चिनजान रहेछ । छिमेकीमै बसेर यस्तो गरेको भन्दै रेशम निकै आ क्रो शित भएका छन् ।

Related Articles

Back to top button