समाचार

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा २३ सयले घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२७० रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button