रोचक

२ महिनादेखि कोमामा थिए, दाईले मनपर्ने परिकार चिकेन ल्याउँछु भनेपछि खुल्यो होश

काठमाडौं । कोमामा भएका ब्यक्ति आफुलाई मन पर्ने खानाको स्वाद पाएर होश फर्किएको कहिल्यै सुन्नु वा देख्नु भएको छ ? ताइवानको सिन्चू काउन्टीमा यस्तै अनौठो घटना घटेको छ ।

सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दुर्घटनामा परेपछि उनी कोमामा गएका थिए । सडक दुर्घटनामा उनको शरीरको भित्री अंगमा गम्भीर चोट देखिएको थियो ।

तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनका अनुसार अस्पतालमा उनका अगाडी उनका दाईले म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु भने लगत्तै उनको होश आएको बताइएको छ ।

चिकेनको कुरा गरे लगत्तै उनको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थालेको तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनले उल्लेख गरेका छन् । अस्पताल भर्ना गरेको ६२ औँ दिनमा उनको होश आएको बताइन्छ ।

Related Articles

Back to top button