समाचार

पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय !

काठमाडौं । पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीमा गोरखा जिल्लाको गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीमा गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अंगाईले दिएको जानकारी अनुसार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रुपमा मनाउन लागिएको हो ।

उक्त अवसरमा नगरपालिकाले पृथ्वीजयन्ती मनाउनका लागि दिने कार्यक्रमसमेत तय गरेको अंगाईले जानकरी दिनुभयो । कार्यक्रम अनुसार २६ गते नगर क्षेत्रभित्र सरसफाई, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम र २८ गतेका दिन वतृत्वकला लगायतका कार्यक्रम संचालन गरिने बताइएको छ ।

पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णपदको शालिकअगाडि अन्तरक्रिया लगायतका कार्यक्रम गरिने नगरपालिकाले जानकारी दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button