Tips

‘हाइ हिल’को जुत्ताले निम्त्याउन सक्छ यस्ता समस्या, तपाई पनि लगाउनुहुन्छ ?

काठमाडौँ । राम्री देखिनका लागि महिलाहरू फेसनमा जे चलेको छ त्यही गरिरहेका हुन्छन् । राम्रो पर्सनालिटीको लागि होस् या आफूलाई अग्लो देखाउनका लागि आजकल धेरैजसो महिलाहरूले हिलको जुत्ता लगाउन थालेका छन् ।

महिलाहरूले प्रायजसो विभिन्न प्रकारको पार्टी वेअर ड्रेसहरूमा, अफिस जानका लागि, घुम्न जान हाइ हिलको जुत्ता लगाएको देख्न सकिन्छ । तर, आजकल दैनिक प्रयोगको लागि समेत महिलाहरुले हाई हिल लगाउन थालिसकेका छन् ।

हाइ हिल लगाउनाले स्टाइलिस् त पक्कै देखाउछ तर, यस संग-सँगै हिलले पीडा पनि दिएको हुन्छ । हिल लगाएर हिँड्न निकै अप्ठ्यारो हुने गर्छ । हिल लगाउँदा खुट्टामा घाउ हुने, चोट लाग्ने वा खुट्टा दुख्ने, ढाड दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

नरम छाला हुनेहरूको लागि जुत्ता टाइट हुँदा हिलको दबाबले खुट्टामा फोका उठ्ने र घाउ हुनुका साथै दाग पनि बस्न सक्ने सम्भावना हुन्छ ।

हिल लगाएर धेरैबेर उभिँदा वा अलि धेरैबेर हिँड्नु पर्दा, पार्टीहरूमा नाच्नु पर्दा पूरा शरीरमा दुखाइ सुरु हुन थाल्छ । यस्ता हिल लगाउनाले उठ्न बस्न मात्र समस्या नभइ स्वास्थ्यमा समेत विभिन्न समस्या निम्तिने कारण बन्न सक्छ ।

हाइ हिल भएको जुत्ता लगाउने गर्दा शरीरलाई एउटै स्थितिमा राख्ने भएकाले शरीर सजिलै चल्न पाउने स्तिथीमा हुँदैन जसले गर्दा शरीरमा पीडा हुन सुरु हुन्छ ।

Related Articles

Back to top button