समाचार

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं – मंगलवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ८ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ११०० सय रुपैंयाले बढेको हो ।

सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९५ हजार ९०० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेको छ । आज चाँदीको मूल्य १३ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button